नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा ६ हजार ७ सय रुपैयाँले सस्तो
bishowkhabar.com · Wed Aug 12 05:40:15 GMT 2026

काठमाडौं– नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुन प्रतितोला ६ हजार ७ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यस दिन सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको थियो ।
Read full story at source (bishowkhabar.com)