सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी
khabarhub.com · Wed Aug 12 05:55:05 GMT 2026

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत सञ्चार उपकरण ढुवानी गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट सामान पुर्याउन असम्भव भएपछि मङ्गलवार सेनाको हेलिकप्टर प्रयोग गरिएको हो ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिकामा तत्काल दूरसञ्चार सेवा पुर्याउन टेलिकमलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि नेपाल टेलिकमले बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय गरी पूर्वाधार निर्माण र उपकरण ढुवानीको काम अघि बढाएको हो ।
Read full story at source (khabarhub.com)