‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ ले सद्भाव खल्बलिएको छ : आईजीपी कार्की
nepalpress.com · Wed Aug 12 06:09:01 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की ले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताएका छन् । मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उनको भनाइ छ । कार्कीले भने, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ ।”
मुलुकको शान्ति सुरक्षा, सुरक्षा सङ्गठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौती, प्रहरीको व्यवहार, ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ बाट समाजमा परेको असरलगायत समसामयिक विषयमा महानिरीक्षक कार्कीसँग राससका कार्यकारी सम्पादक नारायण न्यौपानेले गरेको कुराकानी नेपाल टक मा
Read full story at source (nepalpress.com)