पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
ratopati.com · Tue Jun 30 10:09:24 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कको पार्टी एवं सत्तारुढ चार दलीय संसदीय गठबन्धन (संसदीय क्लब) की प्रवक्ता डोरोटा लोबोर्डासँग भेटवार्ता गरेका छन्।
पोल्याण्ड भ्रमणमा रहेका प्रवक्ता चालिसेले त्यहाँको संसद् भवनस्थित प्रवक्ता लोबोडाको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध र दुई पार्टीबिचको सहकार्यका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी दिए ।
Read full story at source (ratopati.com)