इन्डोनेसियामा डुङ्गामा आगलागी, ११२ जनाको उद्धार
ratopati.com · Wed Aug 12 06:21:08 GMT 2026

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुको पानीमा बुधबार ‘पुत्री यास्मिन’ नामक यात्रु बहाक डुङ्गामा आगलागी भएपछि डुङ्गामा सवार ११२ जनालाई उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
एक स्थानीय अधिकारीलाई उदृत गर्दै मिडियाले जनाए अनुसार नजिकैको डुङ्गाले ३६ जनालाई उद्धार गरेर बालीमा फिर्ता ल्याएको थियो भने खोजी तथा उद्धार एजेन्सीको जहाजले ५९ जनालाई उद्धार गरेको जनाएका छन् । नौसेनाको एउटा जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाएको छ ।
Read full story at source (ratopati.com)