कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा
nepalnews.com · Wed Aug 12 06:28:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको स्थान तय गरेको छ । आगामी २९ साउनमा हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरिएको हो ।
इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेला मिराकल पार्टी प्यालेसमै गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ ।
Read full story at source (nepalnews.com)