साउथ सुपरस्टार जूनियर एनटीआर घाइते
ratopati.com · Wed Aug 12 06:36:06 GMT 2026

मुम्बई । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता जूनियर एनटीआर घाइते भएका छन् । उनको काँधमा चोट लागेको छ । उक्त चोटका कारण चिकित्सकहरूले उनको शल्यक्रिया गर्ने भएका छन् ।
उनको टिमले दिएको जानकारी अनुसार शल्यक्रिया हैदराबादको प्रसिद्ध किम्स अस्पतालमा हुनेछ । अस्पतालको विशेष मेडिकल टोली डा.जे. मधुसूदन राव र डा.आर.ए. पूर्णचन्द्र तेजस्वीको नेतृत्वमा रहेको टोलीले उनको उपचार गर्नेछ ।
Read full story at source (ratopati.com)