मधेश प्रदेशमा प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारी तीव्र
rajdhanidaily.com · Wed Aug 12 06:37:47 GMT 2026

काठमाडौं । मधेश प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारीलाई तीव्रता दिएको छ । मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्ने मात्र नभई आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको हो ।
मधेश प्रदेशमा नयाँ प्रसारण लाइन र सबस्टेसन थपिँदा विद्युतको गुणस्तर र विश्वसनीयता सुधार हुनुका साथै औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधार तयार हुने अपेक्षा गरिएको छ । निर्माणाधीन आयोजनाहरूलाई निर्धारित समयभित्रै सम्पन्न गराउन मन्त्रालयले नियमित अनुगमन, समन्वय र सहजीकरण गर्दै आएको छ ।
Read full story at source (rajdhanidaily.com)