देवीका बन्दनाले ल्याइन् तीज गीत ‘रातो सारी झल्कियो बरिलै’
ratopati.com · Wed Aug 12 06:42:40 GMT 2026

काठमाडौँ । महिलाहरूको पर्व तीजको आगमनसँगै नेपाली साङ्गीतिक बजारमा नयाँ तीज गीत भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा वरिष्ठ गायिका देवीका बन्दनाले नयाँ तिज गीत ‘रातो सारी झल्कियो बरिलै’ ल्याएकी छन् । गीतमा गायिका बन्दनालाई शान्तिश्री परियार, एलिना चौहानले स्वरमा साथ दिएका छन् ।
तीजको मौलिक लय, नेपाली महिलाको उत्साह र पर्वको सांस्कृतिक पक्षलाई समेट्दै उनले यो गीत ल्याएकी हुन् । उषा शेरचनको शब्द, नरहरि प्रेमी उपाध्यायको संगीत गीतमा छ । गीतमा राकेश सोनीले संगीत संयोजन गरेका छन् ।
Read full story at source (ratopati.com)