नाईमा एक्स्पोमा एमजी माजेस्टर सार्वजनिक, १५ लाख ५० हजारसम्मको अफर
aarthiknews.com

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ एमजी माजेस्टर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार माजेस्टर नेपालमा सार्वजनिक गरिएको एमजीको अहिलेसम्मकै ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी हो।
एमजी माजेस्टर भारतको पहिलो ‘डी प्लस’ एसयूभीका रूपमा प्रस्तुत गरिएको छ। पाँच मिटरभन्दा बढी लम्बाइ, दुई मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको यसमा ल्याडर–फ्रेम निर्माण, बोल्ड ग्रिल, मांसल बडी लाइन तथा २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ। २६५/५५ आर१९ अल–टेरेन टायरका कारण यो नेपालको विभिन्न भूभागका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
Read full story at source (aarthiknews.com)