रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेका दुई बालबालिकाको शव फेला
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो।
उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएको समयमा डुबेर बेपत्ता भएका थिए। नदीमा डुबेका अर्की बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात रहेको छ र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
Read full story at source (hamrakura.com)