अँगालो हालेर हिंडेका साथीकै हत्या
annapurnapost.com · Wed Aug 12 06:52:17 GMT 2026

भक्तपुर : भक्तपुमा अँगालो हालेर हिंडेका साथीकै ज्यान लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भनपा–३ का २८ वर्षीय किशोर चौगुठी रहेका छन् । उनले भक्तपुर नगरपालिका–४ गहिटीका २६ वर्षीय मनिष सिंख्वालको ज्यान लिएको आरोप लागेको छ ।
प्रहरी स्रोतका अनुसार भक्तपुर–४ स्थित तारा स्कुल र जनसेवा स्कुलबीचको गल्लीमा अँगालो हालेर हिंडिरहेका बेला गए राति करिब सबा ८ बजे चौगुठीले इँट्टा प्रहार गरी मनिषलाई गम्भीर घाइते बनाएका थिए । घाइते मनिषलाई भक्तपुर अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा करिब पौने ९ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । घटनापछि फरार रहेका चौगुठीलाई गए राति २ बजे पक्राउ गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधिकारी दीपककुमार कार्कीले बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Read full story at source (annapurnapost.com)