सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा
nagariknews.nagariknetwork.com · Wed Aug 12 06:29:30 GMT 2026

नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। देशको ठूलो जनशक्ति युवा छ। युवासँग ऊर्जा छ, सिर्जनशीलता छ, नयाँ कुरा सिक्ने क्षमता छ र परिवर्तन गर्ने साहस पनि छ तर यही युवा जनशक्ति आज रोजगारी, उद्यम, सीप र भविष्यको सुनिश्चितताको खोजीमा छ। कोही विदेश जाने तयारीमा छ, कोही वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा केही गर्न चाहन्छ, कोही सानो व्यवसाय सुरु गर्ने सपना बोकेर बैंक तथा सरकारी कार्यालयको ढोका चहारिरहेको छ। यस्तो अवस्थामा युवाको अपेक्षा केवल सरकारले दिने आर्थिक सुविधा वा अनुदानमा सीमित हुनु हुँदैन।
युवाले खोजेको वास्तविक कुरा अवसर हो, आत्मनिर्भर हुने वातावरण हो, आफ्नो सीपको सम्मान हो र आफ्नो श्रमबाट भविष्य निर्माण गर्ने बाटो हो। नेपाल सरकारले राष्ट्रिय युवा नीति २०८२ अघि सारेको छ। मन्त्रालयले पनि युवालाई शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील बनाउँदै राष्ट्र निर्माणमा परिचालन गर्ने विषयलाई महत्वपूर्ण मानेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)