प्रहरीका सचेतना कार्यक्रम निष्प्रभावी, आत्महत्या र लागुऔषध कारोबार बढ्दो
ratopati.com · Wed Aug 12 07:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेशमा प्रहरीको भौतिक पूर्वाधार दयालाग्दो छ । तथ्याङ्क अनुसार ३५५ वटा युनिटको मात्र आफ्नै भवन छ । ८७ वटा प्रहरी कार्यालय अझै पनि भाडाका घरमा सञ्चालित छन् । ३३९ वटा कार्यालय सरकारी तथा विभिन्न संघसंस्थाको भवनमा आश्रित छन् । आफ्नै घर नभएको प्रहरीले नागरिकलाई कसरी स्थायी सुरक्षाको प्रत्याभूति दिन सक्छ ? प्रश्न गम्भीर छ ।
प्रहरी संगठनभित्रको चरम असन्तुष्टिको सङ्केत राजीनामा दिनेको सङ्ख्याले देखाउँछ । कोशी प्रदेशमा मात्रै आर्थिक वर्ष २०८०/०८१ मा १०५ जनाले राजीनामा दिएकोमा २०८१/०८२ मा यो सङ्ख्या बढेर ३४० पुग्यो । २०८२/०८३ मा पनि १६६ जनाले बिचैमा जागिर छाडेका छन् ।
Read full story at source (ratopati.com)