नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
ajakoartha.com · Wed Aug 12 07:10:00 GMT 2026

काठमाडौं- नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी स्क्यान र अपरेशनमा १०÷१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत उक्त छुट पाउनेछन् ।
Read full story at source (ajakoartha.com)