धनुषा अदालत अगाडि मिटरब्याजपीडित महिलाले गरिन् आत्मदाह प्रयास, प्रहरीले गर्यो उद्धार
nepalpress.com · Wed Aug 12 07:13:53 GMT 2026

जनकपुरधाम । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएकी हुन् ।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहँदा पीडितहरू प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन् ।
Read full story at source (nepalpress.com)