तौल घटाउने औषधीले रक्सीको लत पनि घटाउन सक्छ ?
baahrakhari.com · Wed Aug 12 07:14:53 GMT 2026

एजेन्सी । तौल घटाउन प्रयोग गरिने चर्चित औषधी 'जीएलपी–वान' ले शरीरको तौल घटाउनुका साथै रक्सी सेवन गर्ने चाहना र मात्रा पनि कम गर्न सक्ने प्रारम्भिक अध्ययनहरूले देखाएका छन् । यद्यपि रक्सीको लतको उपचारका लागि यी औषधीलाई औपचारिक रूपमा प्रयोग गर्नुअघि थप ठूला र दीर्घकालीन अध्ययन आवश्यक रहेको विज्ञहरुको सुझाव छ ।
वेगभी, ओजेम्पिक र माउन्जारो जस्ता औषधीमा क्रमशः सेमाग्लुटाइड र टिरजेपेटाइडजस्ता सक्रिय तत्व हुन्छन् । यी औषधीले शरीरमा प्राकृतिक रूपमा पाइने ‘जीएलपी–वान’ हर्मोनको जस्तै काम गर्छन् । मुख्यतः भोक कम गर्ने, पेट भरिएको महसुस गराउने र तौल घटाउन सहयोग गर्ने उद्देश्यले यिनको प्रयोग हुँदै आएको छ ।
Read full story at source (baahrakhari.com)