स्वास्थ्य बिमा प्राथमिकतामा
gorkhapatraonline.com · Tue Jun 09 00:30:24 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची कार्यान्वयनलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम अघि बढाइरहेको बताउनुभएको छ ।
मन्त्रालयमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सञ्चारकर्मीसँग सुझाव तथा अनुभव आदानप्रदान गर्न आयोजित अन्तर्वि्रmया कार्यक्रममा मन्त्री मेहताले स्वास्थ्य क्षेत्रका सेवा, व्यवस्थापन तथा नीतिगत सुधारका काम प्रभावकारी बनाउन मन्त्रालय केन्द्रित भइरहेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सुधारका लागि अझै धेरै क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै ती क्षेत्रलाई क्रमशः व्यवस्थित ढङ्गले अघि बढाइने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)