स्वीकृत भयो सचिव पोखरेल र अधिकारीले पदबाट दिएको राजीनामा
barnanmedia.com · Wed Aug 12 07:18:22 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई सचिवले पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएको छ । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका थिए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले पदबाट राजीनामा दिएका हुन् । उनीहरूको राजीनामा सरकारले स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले दुई सचिवले राजीनामा दिएको र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको बताए ।
Read full story at source (barnanmedia.com)