विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सात सदस्य अध्ययन कार्यदल गठन
nepalsamaya.com · Wed Aug 12 07:32:19 GMT 2026

काठमाडौं- सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। सरकारले जुट मिल पुनः सञ्चालन गर्नेका लागि सात सदस्यीय अध्ययन कार्यदल गठन गठन गरेको हो।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान महाशाखा प्रमुख एवं सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको जनाइएको छ। उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सदस्य रहने छन्। यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाका उपसचिव सदस्यसचिव रहने छन्।
Read full story at source (nepalsamaya.com)