यमनको लाल सागर युद्धभूमि बन्दा मछुवाहरूको ज्यान जोखिममा
annapurnapost.com · Wed Aug 12 07:29:50 GMT 2026

यमन : मजहर त्यही समुद्रमा काम गर्छन्, जुन लामो समयदेखि यमनको द्वन्द्वको मुख्य थलो बनेको छ । यमनको लाल सागर तटमा रहेको अल–मखा (मोखा) सहरका मछुवा मजहरले सन् २०१५ मा यस क्षेत्रमा युद्ध सुरु भएदेखि जीविकोपार्जन गर्न निकै संघर्ष गर्दै आएका छन् । इन्धन महँगो छ, डुंगा भाडामा लिन पनि उत्तिकै खर्च हुन्छ । तर ४० वर्षको उमेर आसपासका मजहरका लागि सबैभन्दा ठूलो समस्या अर्कै छ-समुद्रमा गएपछि उनी घर फर्किन्छन् कि फर्किदैनन् भन्ने कुनै निश्चितता छैन । उनको परिवार पूर्णरूपमा माछा मारेर हुने आम्दानीमा निर्भर छ ।
‘हालै अल–खौखाहमा एउटा माछा मार्ने डुंगामाथि गोली चलाइयो र हामीले दुई जना सहकर्मी गुमायौँ’, मजहरले भने । ‘किन गोली चलाइयो भन्ने कसैलाई थाहा छैन । अधिकारीहरूले पनि घटनाको कारण सार्वजनिक गरेका छैनन् ।’ समुद्र युद्धभूमि बनेपछि किनाराबाट टाढा जानु निकै जोखिमपूर्ण बनेको छ । मजहरलाई त्यस्ता मछुवाहरूको पनि जानकारी छ, जो समुद्रमा गएपछि कुनै पत्तो नलाग्ने गरी बेपत्ता भएका छन् । तर घरमा खानेकुरा सकिएपछि उनी पनि जोखिम मोलेर समुद्रमा जान बाध्य हुन्छन् ।
Read full story at source (annapurnapost.com)