स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
annapurnapost.com · Wed Aug 12 07:35:28 GMT 2026

काठमाडौं : सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडीको बसले बाटोको छेउमा बसिरहेकी मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारका क्रममा निजको मृत्यु भएको हो।
Read full story at source (annapurnapost.com)