अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ratopati.com · Wed Aug 12 07:42:58 GMT 2026

न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पश्चिम एसियामा जहाजहरूमाथि आक्रमण भइरहँदा स्ट्रेट अफ होर्मुज खुलाउने सम्बन्धमा भइरहेको वार्ताले सकारात्मक नतिजा दिने सम्भावना धूमिल बनेपछि बुधवार कच्चा तेलको भाउ बढेको हो ।
उक्त दिन लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ प्रतिशतभन्दा धेरैले बढेर ९० डलर नजिक उक्लिएको थियो । ३ जीएमटीमा अक्टोबर डेलिभरीको ब्रेन्ट क्रुडको भाउ ८९ डलर ६१ सेन्टमा किनबेच भइरहेको थियो । यो फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नु अघिको तुलनामा २४ प्रतिशत धेरै हो ।
Read full story at source (ratopati.com)