विद्यार्थीलाई पूँजी बजारसँग जोड्दै नेप्से, 'भिजिट नेप्से'का लागि १५ दिनभित्र आवेदन दिनुपर्ने
arthasansar.com · Wed Aug 12 08:08:46 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विद्यार्थीहरूलाई पूँजी बजारबारे व्यावहारिक ज्ञान दिने र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको ‘भिजिट नेप्से’ कार्यक्रमका लागि शैक्षिक संस्थाहरूबाट आवेदन माग गरेको छ। चालू आर्थिक वर्ष २०८३/८४ मा आफ्ना विद्यार्थीहरूलाई यस कार्यक्रममा सहभागी गराउन इच्छुक विद्यालय तथा क्याम्पसहरूले सूचना प्रकाशित भएको १५ दिन अर्थात् आगामी भदौ ९ गतेभित्र नेप्सेको इमेलमार्फत आवेदन दिइसक्नुपर्नेछ।
कार्यक्रममार्फत विद्यार्थीहरूले पूँजी बजारको संरचना, सेयर कारोबार प्रक्रिया र लगानीसम्बन्धी आधारभूत विषयमा प्रत्यक्ष जानकारी पाउनेछन् भने सहभागी हुन चाहने संस्थाले आफ्नो नाम, ठेगाना, अनुमानित विद्यार्थी सङ्ख्या, प्रस्तावित भ्रमण मिति, अध्ययनरत तह र सम्पर्क व्यक्तिको विवरण खुलाएर आवेदन पठाउनुपर्नेछ।
Read full story at source (arthasansar.com)