डढेलो नियन्त्रणमा अग्निरेखा
nepalnews.com · Wed Aug 12 08:15:34 GMT 2026

नेपालको कुल भूभागको करिब ५० प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। हाम्रो वनमा मुख्य गरी चौडापाते रुख तथा खोटो हुने कोणधारी रुखहरू पाइन्छन्। चौडापाते वनमा सदाबहार रुखभन्दा पतझर हुने, आंशिक रूपमा पात झार्ने तथा निरन्तर रूपमा केही केही पात झारिरहने वनस्पतिका प्रजाति बढी छन्।
त्यसैगरी, खोटो हुने कोणधारी वनमा पनि प्रज्वलनशील पदार्थको मात्रा पर्याप्त हुन्छ। यसरी वनमा हरेक वर्ष स्वाभाविक रूपमा उत्पादन हुने सुक्खा पात, पतिंगर, घाँस, हाँगा तथा खोटोयुक्त अन्य पदार्थले डढेलोका लागि आवश्यक इन्धन उपलब्ध गराउँछन्। यही प्रज्वलनशील पदार्थको उपलब्धताका कारण नेपालका वनमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ।
Read full story at source (nepalnews.com)