अमेरिकाका उपराष्ट्रपतिको आग्रहमा युक्रेनद्वारा नोवोरोसिस्क बन्दरगाहमा ड्रोन आक्रमण स्थगित
clickmandu.com · Wed Aug 12 08:24:37 GMT 2026

एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको आग्रहपछि युक्रेनले रुसको ब्ल्याक सी (कृष्ण सागर) स्थित नोवोरोसिस्क बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरूमाथि ड्रोन आक्रमण रोकेको छ भनी बुधबार फाइनान्सियल टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
उक्त पत्रिकाका अनुसार, गत महिना गरिएको यो आग्रह युक्रेनले कजाकिस्तानबाट क्यास्पियन पाइपलाइन कन्सोर्टियम (सीपीसी) को टर्मिनलसम्म पाइपमार्फत पठाइने कच्चा तेल बोक्ने ट्यांकरहरूलाई निशाना बनाउँदा तेल बजार अस्थिर हुने र अमेरिकी कम्पनीहरूलाई नोक्सान पुग्ने भन्दै अमेरिकाले व्यक्त गरेको चिन्तापछि आएको हो ।
Read full story at source (clickmandu.com)