कोलम्बिया भूकम्प : भग्नावशेषबाट जब मधुरो आवाज आयो...
ratopati.com · Wed Aug 12 08:27:52 GMT 2026

बोगोटा । सोमबार गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि कोलम्बियामा मर्नेको सङ्ख्या बढिरहेको छ । भूकम्पले भत्किएका घरहरूको भग्नावशेषमा पुरिएका जीवितहरू खोज्ने र उद्धार गर्ने क्रम चलिरहँदा कालीमा भत्किएको भवनको भग्नावशेषबाट आएको मधुरो आवाज पछ्याउँदै उद्धारकर्ताहरूले एक शिशुको सकुशल उद्धार गरेका छन् ।
भूकम्प गएपछि ब्रायन ओसोरियो जुलुआगा मोटरसाइकलमा आफ्नो घरतर्फ जाँदै थिए । बाटोमा पाँच तले आवासीय भवन भत्किएको देखेपछि उनी रोकिएर उद्धारमा जुटे । भवनबाट भागेर सडकमा आएका मानिसहरू केही रोइरहेका र केही साह्रै आत्तिएका थिए ।
Read full story at source (ratopati.com)