हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?
khabarhub.com · Wed Aug 12 08:30:28 GMT 2026

काठमाडौं – साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा कपडा उद्योगमा केही दिनयता परीक्षण उत्पादन भइरहेको छ । वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयसँगै नेपाली सेनाले डेढ महिनादेखि उद्योगको तान (लुम) परीक्षण सफल भएको भनिएको छ ।
उक्त उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा विगतका सरकारले पनि पटक–पटक निर्णय गर्दै आएका थिए । तर, ती निर्णय कार्यान्वयनमा आउन सकेका थिएनन् । तर, यसपटक भने नेपाली सेनाले परीक्षण उत्पादन नै सुरू गरेको छ । त्यसैले अब कुनै न कुनै मोडेलमा उद्योग सञ्चालनमा जान्छ कि भन्ने धेरैको अनुमान छ ।
Read full story at source (khabarhub.com)