ग्यासको हाहाकार, सुरक्षाको कमजोर अवस्था र सरकारको कार्यशैलीप्रति सांसदहरूको आलोचना
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले मुलुकमा व्याप्त विभिन्न गम्भीर समस्याहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बैठकमा खाना पकाउने एलपी ग्यासको चरम अभाव, शान्तिसुरक्षाको फितलो अवस्था र सरकारको कार्यशैलीलाई लिएर सांसदहरूले कडा आलोचना गरेका हुन्।
सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि सरकारले आपूर्ति सहज छ भन्नु लज्जास्पद रहेको बताउँदै जनताको घरमा चुलो बल्न छाडेको उल्लेख गरिन् र यस विषयमा संसद्बाट सरकारको तर्फबाट रुलिङको माग गरिन्। त्यيसैगरी, माननीय सदस्य मदनकुमारी शाहले डेलिभरीको नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गरिन्। सांसदहरू तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले माइतीघर मण्डलामा ११६ दिनदेखि धर्ना दिइरहेकी दीपा नेपालीको मागप्रति सरकार पूर्ण रूपमा उदासीन रहेको आरोप लगाए।
Read full story at source (hamrakura.com)