कांग्रेस मुख्य सचेतक परियारको आरोप - सरकारले ६० लाख दलित समुदायलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्यो
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायको अधिकार प्रवर्द्धनका सवालमा देशका ६० लाखभन्दा बढी दलित जनसङ्ख्यालाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ (भावनात्मक रूपमा प्रयोग) गर्ने रणनीति लिएको आरोप लगाएका छन्।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै मुख्य सचेतक परियारले सरकारले मन्त्रिमण्डलमा दलित समुदायका व्यक्ति र बादी समुदायका प्रतिनिधि समेतलाई सहभागी गराएर समावेशिताको बाह्य प्रशंसा मात्रै बटुलेको, तर व्यवहारमा दलित अधिकारसम्बन्धी कानुन निर्माणलाई चरम उपेक्षा गरेको बताएका छन्।
Read full story at source (hamrakura.com)