एक्सप्रेस सरकारको गतिप्रति सांसद आलेमगरको व्यङ्ग्य: ‘चालकले लागुपदार्थ खाए दुर्घटना निश्चित’
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री वालेन्द्र साहलाई लक्षित गर्दै वर्तमान सरकारको तीव्र गतिलाई ‘एक्सप्रेस’ सवारीसाधनको उपमा दिएर सांकेतिक टिप्पणी गरेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद आलेमगरले सवारीसाधनको गति र चालकको मानसिक सन्तुलन मिलेन भने गम्भीर दुर्घटना निम्तिने चेतावनी दिए। यसअघि प्रधानमन्त्री साहले चितवनमा भएको आफ्नो पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस’ वेमा रहेको दाबी गरेका थिए। सोही अभिव्यक्तिको प्रतिवाद गर्दै सांसद आलेमगरले ‘बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न’ भन्ने ट्राफिक नारा स्मरण गराए।
Read full story at source (hamrakura.com)