लालबकैया नदीमा बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव भेटियो
annapurnapost.com · Wed Aug 12 08:42:10 GMT 2026

सिमरा : रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ । घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया नदीको किनारमा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका करमे आलमको १० वर्षीय छोरा मोहमद रमतुल्लाह र सोही ठाउँका हिसी अख्तरका १० वर्षीया छोरी सबनम खातुनको शव फेला परेको हो । प्रहरीले दुबैको शव प्रादेशिक अस्पतालमा लगेको छ ।
Read full story at source (annapurnapost.com)