सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड
khabarhub.com · Wed Aug 12 09:05:23 GMT 2026

काठमाडौं – सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी तथा सार्वजनिक निकायलाई यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार समान प्रकृतिका सेवाका लागि फरक–फरक निवेदन ढाँचा प्रयोग हुँदै आएको अवस्थालाई अन्त्य गरी सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी, सेवाग्राहीमैत्री तथा सूचना प्रविधिमैत्री बनाउन मार्गदर्शन जारी गरिएको हो।
Read full story at source (khabarhub.com)