'साम्राज्य'मा सौगातपछि दयाहाङ अनुबन्धित
setopati.com · Wed Aug 12 09:00:00 GMT 2026

निर्देशक सौरभ चौधरीको आगामी फिल्म 'द राइज अफ साम्राज्य'मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यसअघि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरिसकेको निर्माण टिमले अब दयाहाङलाई पनि फिल्ममा भित्र्याएको हो।
सौगातपछि दयाहाङको प्रवेशसँगै 'लुट'बाट चर्चित बनेको लोकप्रिय जोडी फेरि एउटै फिल्ममा देखिने भएको छ। नेपाली फिल्ममा दयाहाङ-सौगातको जोडीलाई दर्शकले विशेष रूचाउने गरेका छन्। यी दुईले थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्।
Read full story at source (setopati.com)