सल्यानको बालुवासंग्रहीमा बोलेरो जीप भेरीमा खस्यो,दुई जना बेपत्ता
annapurnapost.com · Wed Aug 12 09:15:01 GMT 2026

वीरेन्द्रनगर : सुर्खेत र सल्यानको सिमानामा पर्ने बालुवासंग्रहीमा बोलेरो जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । लु १ ज ३०२२ नम्बरको बोलेरो जीप भेरी नदीमा डुबेको हो । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले जीपमा चारजना सवार रहेको बताए ।
उनका अनुसार जीप भेरीमा खसेपछि दुईजना पौडिएर नदीबाट सकुशल बाहिर निस्कन सफल भएका छन् । तर, जीपमा सवार अन्य दुई जना भने बेपत्ता छन् । बेपत्ताको खोजीका लागि प्रहरी टोली परिचालन गरेको छ।
Read full story at source (annapurnapost.com)