‘अनलाइन ट्रयाकिङ’ बाट ग्यास आपूर्ति र वितरण सहज बनाइने छ : मन्त्री गौरीकुमारी
annapurnapost.com · Wed Aug 12 09:20:41 GMT 2026

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् ।
उनले गुगल फर्मको प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री गरिएका डिपो र खुद्रा विक्रेताहरूको अवस्था तथा विवरण संकलन गरी मन्त्रालयको वेबसाइटमा राख्न सुरु गरिएको जानकारी दिइन् । एउटा–दुईटा सिलिन्डर चाहिने, सुत्केरी महिला वा पहुँच नभएका सामान्य नागरिकलाई सहज रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउन विभिन्न ठाउँबाट वितरणको व्यवस्था मिलाइएको उनले बताइन् ।
Read full story at source (annapurnapost.com)