भोटेकोशी बाढीपीडितका साथमा पोखरेली
barnanmedia.com · Mon Aug 31 23:41:52 GMT 2026

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो । कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र गाडीमा आएर सामानका पोका झार्दै फर्कदै गरिरहेका थिए ।
नीलो कुर्था र सेतो सुरुवाल लगाएका महिला भ्यानबाट ओर्लेर धमाधम सामान झार्न थाले । महानगर प्रहरीले उनीहरुलाई सघाइरहेका थिए । उनीहरु थिए पोखरा–१५ नयाँगाउँस्थित बगैँचा मन्टेश्वरीका शिक्षक तथा कर्मचारी ।
Read full story at source (barnanmedia.com)