विश्वको तेलको आपूर्ति दैनिक ४३ लाख ब्यारेलले घट्ने चेतावनी
ratopati.com · Wed Aug 12 09:27:29 GMT 2026

काठमाडौँ। विश्व बजारमा कच्चा तेलको आपूर्तिमा उच्च कमी आउने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले यस वर्ष विश्व बजारमा कच्चा तेलको आपूर्ति दैनिक ४३ लाख ब्यारेलले घट्ने प्रक्षेपण गरेको हो।
यो विश्वको कुल तेल आपूर्तिको करिब ४ प्रतिशत हो। आईईएको पछिल्लो मासिक तेल बजार प्रतिवेदनअनुसार स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र बाब अल–मन्देब जलडमरूमार्फत निर्बाध रूपमा तेल तथा अन्य सामानको आवतजावत सुनिश्चित गर्ने सम्बन्धमा अझै सहमति हुन सकेको छैन। त्यसकारण एजेन्सीले वर्षको बाँकी अवधिका लागि तेल आपूर्तिको अनुमान पुनः घटाएको हो।
Read full story at source (ratopati.com)