ग्यासको आपूर्ति र बिक्रीवितरण सहज बनाउन सरकारलाई राष्ट्रिय सभाको ध्यानाकर्षण
onlinekhabar.com · Wed Aug 12 09:24:40 GMT 2026

२७ साउन, काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति र विक्री वितरण सहज बनाउन सरकारलाई संसद्ले ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकले यो विषयमा सरकारको ध्यानाकर्षण गरेको हो । सभाको शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्याका विषय सांसदहरूले उठाएका थिए ।
Read full story at source (onlinekhabar.com)