विजय पत्नी संगीताले डिभोर्स निवेदन फिर्ता लिएपछि त्रिशाको पोस्ट भाइरल
kendrabindu.com · Wed Aug 12 09:30:27 GMT 2026

काठमाडौँ। दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलपति विजयको वैवाहिक जीवनलाई लिएर चल्दै आएको अन्योलले नयाँ मोड लिएको छ। विजयकी पत्नी संगीता सोर्नालिङ्गमले अदालतमा दायर गरेको डिभोर्सको निवेदन फिर्ता लिएलगत्तै अभिनेत्री त्रिशा कृष्णनको सामाजिक सञ्जाल पोस्ट भाइरल भएकाे हाे ।
भारतीय मिडिया रिपोर्टअनुसार संगीताले चेङ्गलपट्टु पारिवारिक अदालतमा दायर गरेको डिभोर्स निवेदन फिर्ता लिएकी हुन्। यससँगै लामो समयदेखि चल्दै आएको कानुनी विवाद तत्कालका लागि साम्य भएको छ भने विजय र संगीताबीच सम्बन्ध सुधार हुन लागेको अनुमान विजयका प्रशंसकहरूले गर्न थालेका छन्।
Read full story at source (kendrabindu.com)