युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै
khabarhub.com · Wed Aug 12 09:40:28 GMT 2026

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् ।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू, र युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायतका संयन्त्रहरूलाई आबद्ध गरेर ’युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका हुन् ।
Read full story at source (khabarhub.com)