युवा नेतृत्वको सरकारसँग सीप, रोजगारीदेखि नीतिगत सहभागितासम्मको अपेक्षा [भिडियो]
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। आज अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस हो। व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै विश्वको विकासमा युवाको भूमिकालाई उजागर गर्न हरेक वर्ष यो दिवस मनाइन्छ। युवा ऊर्जा, सिर्जनशीलता, नयाँ सोच र परिवर्तनको चाहनाले भरिएको समूह भएकाले विकास र रूपान्तरणमा उनीहरूको भूमिका महत्वपूर्ण मानिन्छ ।
अन्तर्राष्ट्रियरुपमा पछिल्लो समय युवा नेतृत्व र युवाको राजनीतिक सहभागिताको विषय बहसको केन्द्रमा आएको छ। विभिन्न देशहरूमा युवाहरू आफ्नो माग लिइ आन्दोलन पनि गरिरहेका छन्। जेन-जी युवाहरूको आन्दोलनपछि नेपालमा युवाको नेतृत्वमा सरकार बनेको छ। युवाको नेतृत्वमा सरकार बनेसँगै अब सरकारका नीति तथा कार्यक्रमले युवाको आकांक्षा र आवश्यकतालाई कत्तिको सम्बोधन गर्छ भन्ने प्रश्नसमेत उठेको छ ।
Read full story at source (hamrakura.com)