बोलेरो जीप भेरी नदीमा खस्यो, दुई जना बेपत्ता
nepalsamaya.com · Wed Aug 12 09:49:18 GMT 2026

सुर्खेत। सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो। कर्णाली प्रदेश प्रहरीका अनुसार जीपमा चार जना सवार थिए। जीप नदीमा खसेपछि दुई जना पौडिएर सकुशल बाहिर निस्कन सफल भएका छन्। जीपमा सवार अन्य दुई जना भने नदीमा बेपत्ता भएका छन्।
Read full story at source (nepalsamaya.com)