नेप्से परिसूचकमा सामान्य सुधार, साढे ३ अर्ब माथिको कारोबार
kendrabindu.com · Wed Aug 12 09:45:28 GMT 2026

काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा झिनो सुधार आएको छ । शेयर बजार परिसूचक ०.५५ अंक (०.०२%) ले बढेर २,६४२.४० को बिन्दुमा पुगेर बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा बजारमा साढे ३ अर्ब भन्दा बढीको कारोबार भएको छ। दिनभरिमा कुल ३४८ वटा कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता शेयरहरू ४३,९९० पटकको कारोबारमार्फत रु ३ अर्ब ५३ करोड १२ लाख ५ हजार ५१८ बराबरमा खरिदबिक्री भएका छन्।
Read full story at source (kendrabindu.com)