नेप्से सकारात्मक,कारोबार रकम भने घट्यो
annapurnapost.com · Wed Aug 12 09:38:30 GMT 2026

काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ०.७९ अंकले वृद्धि भएको थियो। सो दिन ४ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन ३४८ वटा स्क्रिप्सको ८७ लाख १ हजार ९४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भए।
Read full story at source (annapurnapost.com)