सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा र मार्गदर्शन प्रभावकारी कार्यान्वयन गर्न निर्देशन
makalukhabar.com · Wed Aug 12 09:55:31 GMT 2026

काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३ प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो निर्देशन दिएको हो । यस मार्गदर्शनले नागरिकहरूले कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने झन्झट र अन्योल हटाएर देशैभर एउटै निश्चित ढाँचा कायम गर्ने अपेक्षा गरिएको छ ।
Read full story at source (makalukhabar.com)