देउवालाई ‘मोहरा’ बनाएर कांग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे [भिडियो]
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वको दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको उच्च सम्मान गर्नुपर्नेमा जोड दिए। तर, अर्को पक्षले उहाँको नाम भजाएर आफ्नै राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु पूर्ण रूपमा गलत भएको उनको भनाइ थियो। हाल उपचारका क्रममा विदेशमा रहनुभएका देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उहाँलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति कडा आपत्ति जनाए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामथ्र्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नु उनीहरूका राजनीतिक कमजोरीको पराकाष्ठा भएको टिप्पणी गरे।
Read full story at source (hamrakura.com)