वर–पीपल संरक्षणसँगै हिलेलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास
ratopati.com · Wed Aug 12 10:01:09 GMT 2026

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय भोजपुरको करिब रु सात लाख बजेटमा यहाँ वर–पीपल रोपनसँगै चौतारा निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाका अनुसार धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने वर–पीपलको संरक्षण गर्दै यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
Read full story at source (ratopati.com)