पुष्पकै बाटोमा उपासना, फिल्मकै लागि घटाइन् उल्लेखनीय वजन
kalakarmi.com · Wed Aug 12 10:03:02 GMT 2026

काठमाडौं– अभिनेता पुष्प खड्काले ‘महाराजधिराज’ का लागि ६० दिनमा नै १२ केजी वजन घटाएको कुराको चर्चा सेलाउन नपाउँदै अभिनेत्री उपसना सिंह ठकुरीको पनि दुरुस्त उस्तै चर्चा चुलिएको छ ।
अभिनेत्री ठकुरीले पनि आफ्नो नयाँ फिल्म ‘भिडियो टेप’ का लागि सात केजी वजन घटाएकी छिन् । उनलाई जब मंगलवार फिल्मको घोषणा कार्यक्रममा देखियो, तब सबै उनको घटेको वजन देखेर अचम्ममा परेका थिए । पुल्चोकस्थित लबिम मलमा फिल्मका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा जब उनी ब्याकलेस लङ गाउनमा पुगिन्, तब उनको फिटनेसले धेरैको ध्यान केन्द्रित गरेको थियो ।
Read full story at source (kalakarmi.com)