बजारमा ग्यासको अभाव तत्काल अन्त्य गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशनात्मक ध्यानाकर्षण गराएका छन्।
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्रीवितरणका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। बैठकको शून्य तथा विशेष समयमा माननीय सदस्यहरूले बजारमा ग्यासको चरम अभाव हुँदा सर्वसाधारण जनताले भोग्नुपरेको सास्तीबारे जोरदार रूपमा कुरा उठाएका थिए।
Read full story at source (hamrakura.com)